
काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले संसद् सचिवालयलाई गाडी फिर्ता गरेकी छन् ।
आज कार्यकाल सकिएसँगै उपसभामुख रानाले आफूले चढ्दै आएको गाडी संसद् सचिवालयलाई बुझाएकी हुन् ।
उपसभामुख रानाले दुईवटै गाडीको साँचो संसद् सचिवालयका कर्मचारीलाई बुझाएकी थिइन् । त्यसपछि ट्याक्सी चढेर राना सिंहदरबारबाट निस्किएकी थिइन् ।
संविधानअनुसार उमेदवार दाखिला अघिल्लो दिनसम्म सभामुख र उपसभामुखको कार्यकाल रहने व्यवस्था छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा बन्दसूची बुझाएपछि मनोनयन दाखिला भएको मानिने भनिएको छ ।
निर्वाचन आयोगका अनुसार, आजदेखि समानुपातिक बन्दसूची बुझाउने समय सुरू भएको छ । १४ गतेसम्म बन्दसूची बुझाउने समय छ ।

















