
काठमाडौं । नेपाली कांग्रेसले यसअघिका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरू माथिको कारबाही फुकुवा गरेको छ ।
कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । निर्णयबारे पार्टीका तल्ला कमिटीलाई परिपत्र पठाउँदै केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यसबारे जानकारी गराएका छन् ।
परिपत्रमा भनिएको छ, ‘विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समथृन गरेका उम्मेदवारका विरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्वन र पार्टीको विधानअनुसार स्वत: कारबाहीमा परेकाहरूको बाँकी अवधि माफीरमिनाहा गर्ने निर्णय गरिएको छ ।’
परिपत्रमा यसरी कारबाही माफीरमिनाहा भएका व्यक्तिहरूको पार्टीको वहाल रहेको पद नरहने गरी क्रियाशील सदस्यलाई निरन्तरता कायम गरी क्रियाशील नवीकरण गर्ने निर्णय भएको पनि उल्लेख छ ।

















