Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सभामुख र उपसभामुखको कार्यकाल सकियो 

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १३ गते


Advertisement

काठमाडौं । सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरको कार्यकाल सकिएको छ।

फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावका लागि दलहरुले समानुपातिकतर्फ उम्मेदवारको सूची आज निर्वाचन आयोगमा बुझाएसँगै उनीहरुको कार्यकाल सकिएको हो।

निर्वाचन आयोगले समानुपातिकतर्फको उम्मेदवारको सूची बुझाउने समय आज र भोलि तय गरेको छ।

संधिवानमा निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्रै सभामुख र उपसभामुख पदमा बहाल रहने उल्लेख छ।

त्यस अनुसार उनीहरुका लागि हिजोसम्म मात्रै उनीहरू पदमा कायम थिए।

घिमिरे २०७९ माघ ५ गते सभामुखमा निर्वाचित भएका थिए। त्यस्तै माघ ७ गते राना उपसभामुखमा निर्वाचित भएकी थिइन् ।


प्रतिकृया दिनुहोस्