Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

झोकमै जानुभएकाे कमल थापालाई अहिले घर फर्कायौं : राजेन्द्र लिङ्देन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १३ गते


Advertisement

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेका छन् ।

पूर्वअध्यक्ष कमल थापा पुनस् पार्टीमा फर्कने निश्चित भएको बताउँदै उनले पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेका हुन् ।

राप्रपा मोरङ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधनका क्रममा उनले झोकाझोकमै पार्टी छाडेका थापालाई फकाएर घर फर्काएको बताए ।

‘कमल दाई (थापा) झोकाझोकमै पार्टी छाडेर हिँड्नुभएको थियो । अहिले कुराकारी गर्‍यौं, घर फर्कने टुंगो भयो,’ उनले भने, ‘उहाँलाई फर्कायौं, अरु पनि कोही साथी रिसाएर बाहिर बस्नु भएको छ, भने आउनुहोस् ।’

सम्बोधनका क्रममा अध्यक्ष लिङ्देनले पार्टीभित्रको आन्तरिक कलहले संगठन कमजोर हुने चेतावनी दिए । संगठन सुदृढीकरणमा नलागी आपसमा लडेर बसे भविष्य अन्धकार हुने उनको तर्क थियो ।

‘हामी जे जति छौँ, आपसमै लडेर बस्ने हो भने भोलि कसैले पत्याउने मात्र होइन, मर्दा झण्डा ओढाउने मान्छे पनि हुँदैन,’ उनले भने, ‘चुनाव जित्ने र आन्दोलन पार लगाउने कुरा त झन् टाढाको विषय बन्छ । त्यसैले कसलाई दुस्ख दिन पाइन्छ भनेर कमजोरी खोज्ने बेला यो होइन ।’

उनले राजसंस्था, हिन्दु राष्ट्र र संघीयता खारेजीको पक्षमा रहेका सबै शक्तिहरूलाई राप्रपामा गोलबन्द हुन आग्रह गरे ।

राप्रपा कमजोर भएर राजसंस्था पुनस्स्थापना हुन नसक्ने दाबी गर्दै उनले भने, ‘अब राजा चाहिन्छ, हिन्दु राष्ट्र चाहिन्छ र संघीयता चाहिँदैन भन्नेहरूको साझा घर राप्रपा हो । आफ्नै जीवनकालमा देश बनेको देख्न चाहने हो भने राप्रपामा जोडिनुको विकल्प छैन ।’

उनले केन्द्रदेखि स्थानीय तहसम्मै पार्टीलाई एकढिक्का बनाउने अभियान सुरु भएको बताउँदै समान विचार भएकाहरूलाई मिलाउने कार्य तीव्र पारिएको जानकारी समेत दिए ।


प्रतिकृया दिनुहोस्