Skip

Hamro Sanchar

रास्वपामा बालेनको टिमबाट ४० जना समानुपातिक उमेदवार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १३ गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा बालेन्द्र शाह (बालेन)को टिमबाट ४० जना उम्मेदवार समेटिने भएका छन् ।

आइतबार (पुस १३) बिहान रास्वपा र बालेन पक्षले गरेको सहमति यस्तो सहमति गरेको हो ।

रास्वपा स्रोतले दिएको जानकारीअनुसार, बालेनले ४० जनाको सूची तयार रहेको बताएपछि ती सबैलाई रास्वपामा समेट्ने भनिएको हो ।

“बालेनजीको टिमले ४० जनाको सूची छ भन्नुभयो । त्यसपछि रास्वपाले सबै ल्याउनुस्, भनेको छ । बाँकी ७० जना रास्वपातर्फका हुन्छन् । मिलेर जाने कुरामा मौखिक समझदारी भएको हो,” स्रोतले भन्यो ।

प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा सोमबार (पुस १४)सम्म समानुपातिक समानुपातिकतर्फ ११० जनाको नाम बुझाइसक्नुपर्नेछ ।


प्रतिकृया दिनुहोस्