Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रवि-बालेन मिलेपछि बास्कोटाकाे अनुमान : अब प्रचण्ड र कुलमान पनि मिल्छन्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १३ गते


Advertisement

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले रवि-बालेन मिलेकाले अब कुलमान र प्रचण्ड पनि मिल्ने अनुमान गरेका छन्।

आज बिहान सामाजिक सञ्जालमार्फत उनले नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भौतिक पूर्वाधार, ऊर्जा तथा सहरी विकास मन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पनि मिल्ने अनुमान गरेका हुन्।

’रवि-बालेन मिलेछन्। अब कुलमान-प्रचण्ड बाँकी रहे जस्तो देखियो,’ आइतबार बिहान सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘त्यो पनि होला झैँ लाग्छ।’

ऊर्जामन्त्रीसमेत रहेका उनेपाका संरक्षक कुलमानलाई बाहिरै राखेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले आइतबार बिहान सात बुँदे सहमति गरेपछि नेता बास्कोटाको यस्तो अनुमान सार्वजनिक भएको हो ।


प्रतिकृया दिनुहोस्