Skip

Hamro Sanchar

लिङदेनको प्रस्ताव : निर्वाचनअघि नै ‘राजा’, राजनीतिक दल र ‘जेनजी’बीच नयाँ समझदारी गरौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १२ गते


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले निर्वाचनअघि नै ‘राजा’, राजनीतिक दल र युवापुस्तालगायत सरोकारवाला सबैबीच नयाँ समझदारी गरिनुपर्नेमा जोड दिएका छन् ।

आज झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा उनले यस्तो आह्वान गरेका हुन् ।

उनले वर्तमान व्यवस्थाले देश माथि जान नसक्ने जिकिर गरे । देश जोगाउन ‘राजा, राजनीतिक दल र ‘जेनजी’सहितको नयाँ समझदारी गरिनुपर्ने उनको भनाइ थियो ।

हालको व्यवस्थाबाट हुने निर्वाचनले भविष्यमा झनै ठूलो द्वन्द्व निम्त्याउने उनले टिप्पणी गरे । देश गम्भीर दुर्घटनाको डिलमा रहेको उनले बताए

कार्यक्रममा राजेन्द्र लिङदेनको भनाइ पढ्नोस् –
यही गणतन्त्र, यही धर्मनिरपेक्षता, यही संघीयता, यही संविधान र यही संवैधानिक व्यवस्थाबाट यो देशलाई दुर्घटनामा जानबाट रोक्न सकिन्छ रु यही संविधान र यही व्यवस्थाअन्तर्गत हुने चुनावबाट भविष्यमा योभन्दा पनि ठूलो द्वन्द्व हुन सक्ने सम्भावनाबाट रोक्न सकिन्छ रु नेपालीपन र नेपाली मन जीवित छ भने यो भ्रष्ट व्यवस्थाबाट देश उँभो लाग्दैन । देश बचाउने र बनाउने हो भने यो चुनावअघि नै राजा, राजनीतिक दल, नवयुवाहरूको पुस्ता र सबै सरोकारवालाहरूसँगबाट नयाँ समझदारी कायम गरेर कुनै पार्टी, कुनै शक्तिले हार्ने, जित्ने नभई कसैले नहार्ने र देशले जित्ने नयाँ समझदारी कायम गरौँ । आज देश गम्भीर दुर्घटनाको मुखमा पुगेको छ । भदौ २३ र २४ गतेको घटना हाम्रो आँखाले देखेका छौँ । कांग्रेस र कम्युनिस्टहरूले नाम नै फेरिसके । माओवादीले त आफ्नो नाम पनि भन्न नसक्ने भनेर नाम नै फेरिसक्यो, माओवादी भन्यो भने त फेला परिएला भनेर १ यिनीहरूले देश चलायाँ भन्थे, हामीले देश चलाइरहेका छौँ भन्थे


प्रतिकृया दिनुहोस्