Skip

Hamro Sanchar

गगन र सुरेन्द्रलाई सुदनको सुझाव : विद्रोह गर्नुस्, आलोचित भएर नबस्नुस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १२ गते


Advertisement

गगन र सुरेन्द्रलाई सुदनको सुझाव स् विद्रोह गर्नुस्, आलोचित भएर नबस्नुस्,

इटहरी । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद्का सदस्य सुदन किराँतीले कांग्रेसका महामन्त्री गगन थापा र एमाले नेता सुरेन्द्र पाण्डेलाई विद्रोह गर्न सुझाव दिएका छन् ।

पार्टीको कोशी प्रदेश समितिको भेलालाई सम्बोधन गर्दै पार्टीका मूल नेतृत्वहरूका कारण पार्टी र सबै नेताहरू आलोचित हुन मात्रै नभएर देश सङ्कटमा धकेलिएको भन्दै विद्रोह गर्न सुझाव दिएका हुन् ।

पुराना दलका पुरानै अनुहारले देश कब्जा गर्न फेरी गठबन्धनका लागि पहल गरिरहेका सचेत नेताहरूले विद्रोह गर्नुको विकल्प नरहेको उनको भनाई छ।

 

पुरानाहरू मिलेर फेरी देशलाई अध्यारोपतर्फ धकेल्ने कुचेष्टा गरिरहेको आरोप लगाए। उनले भने, ‘पुरानाहरू स्वार्थका लागि मिल्ने भनिरहेका छन् यो अवस्थामा नयाँ शक्तिहरू आपसमा आरोप प्रत्यारोपमा नलागी सहकार्यको बाटो बाट अगाडी बढ्नु पर्ने आवश्यकता रहेको छ ।’

रवि लामिछाने, बालेन शाह, कुलमान घिसिङ र हर्क साम्पाङलगायतका नयाँ शक्तिहरू देशलाई बेथितिबाट निकालेर समृद्धि तर्फ अगाडि बढाउने एजेन्डामा एक अपिल गरे।

उनले थपे, ‘म पूर्व आएपछि हर्कजीका धेरै समर्थकहरूले विदेशबाट सम्पर्क गरिरहेका छन् । तपाईंहरू मिलिदिनुस् भन्ने उहाँहरूको भावनालाई नेतृत्वले कसरी लिइरहेका छौँ यो गम्भीर विषय हो ।


प्रतिकृया दिनुहोस्