
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदबाट हटेको ३ महिनापछि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
ओली भदौ २४ गते जेनजी आन्दोलनका बेला बालुवाटारबाट हेलिकप्टरमा भागेका थिए ।
उनी शनिबार प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचनबारे छलफल गर्न बालुवाटार पुगेका हुन् ।
छलफलमा अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगायत थिए ।


















