
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति पौडेलले शनिबार बिहान नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजकसमेत हरेका नेपालसँग भेटवार्ता गरेका हुन् ।
उनीहरूबीच राष्ट्रपति भवन शीतलनिवासमा झण्डै एक घण्टासम्म भेटवार्ता भएको थियो ।
भेटवार्ता समयमै निर्वाचन गराउने, सबै दल र समूहहरूलाई मिलाएर निर्वाचन गराउनेलगायत समसमाहिक विषयमा छलफल भएको थियो ।


















