Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

साढे ३ महिनापछि आज पहिलोपटक बालुवाटार जाँदै केपी ओली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १२ गते


Advertisement

काठमाडौं । जेनजी आन्दोलनका कारण सत्ता गुमाएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक आज (पुस १२ गते)प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जाँदै छन्।

प्रधानमन्त्री सुशीला कार्कीले आज बालुवाटारमा आयोजना गर्ने तीन शीर्ष नेतासँगको छलफलका लागि ओली दिउँसो त्यहाँ पुग्ने भएका हुन्।

आज पहिलोपटक बालुवाटारमा शीर्ष ३ नेतासँग छलफल गर्दै प्रधानमन्त्री कार्की

गत भदौ २४ गते जेनजी आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री ओलीलाई नेपाली सेनाले आफ्नो हेलिकप्टमार्फत बालुवाटारबाट उद्धार गरेको थियो।

त्यसको साढे ३ महिनापपछि आज ओली पहिलोपटक बालुवाटार जान भएका हुन्।

सेनाको ब्यारेकबाट बाहिरिएपछि एमाले अध्यक्ष ओलीले त्यस दिन ५ मिनेट मात्र ढिला भएको भए आफू मारिने अवस्था रहेको बताएका थिए।


प्रतिकृया दिनुहोस्