Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

हिसान ९औ राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु, अध्यक्षका दुई आकांक्षी बीच रोचक भीडन्त हुदै…

सुदिप बर्देवा प्रकाशित : २०८२ पुष, ११ गते


Advertisement

काठमाडौं, पुस ११- उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) को ९ औ राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ ।

शुक्रबारबाट बुढानिलकण्ठ स्थीत पार्क भिलेज रेस्टुरेन्टमा सुरु भएको उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) को ९औ राष्ट्रिय महाधिवेशन को उद्घाटन नेपाल सरकारका उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गर्नु भयो ।

हिसानको ९औ राष्ट्रिय महाधिवेशनले नयां कार्यसमिति चयन गर्ने छ । नयाँ कार्यसमितिको नेतृत्वका लागि दुईजना आकांक्षी देखिएका छन् । बर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष युवराज शर्मा र महासचिव लोक बहादुर भण्डारी नेत्रित्व हत्याउने दाउमा रहेका छन् ।

हिसानको अघिल्लो महाधिवेशन सम्म सर्वसम्मत नेत्रित्व चयन हुदै आएको भए पनि ९औ राष्ट्रिय महाधिवेशन सम्म आईपुग्दा सर्वसम्मत नेत्रित्व चयनको प्रक्रियामा विधि ब्रेक हुने देखिएको छ । शर्मा र भण्डारीले एक अर्कालाई नेत्रित्व नस्वीकार्ने भनेपछि हिसान महाधिवेशनको लामो विरासत तोडिदै छ ।

अध्यक्षका आकांक्षी शर्मा हिमालयन ह्वाईटहाउस ईन्टरनेशनल कलेजका अध्यक्ष हुन भने भण्डारी जेभियर ईन्टरनेशनल कलेजका अध्यक्ष हुन  ।

रोचक त के छ भने, नेत्रित्व हत्याउन मैदानमा उत्रिएका दुवै आकांक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका निकटतम मानिन्छन । यद्यपि हिसानको नेत्रित्वका लागि ओलीले शर्मा वा भण्डारी कसलाई अघि सार्छन र महाधिवेशन प्रतिनिधिले के निर्णय गर्छन, हेर्न बाकीं छ ।

महाधिवेशन शनिबार सम्पन्न हुने छ ।


प्रतिकृया दिनुहोस्