Skip

Hamro Sanchar

१२ घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन शाह

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १० गते


काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र (बालेन) शाह ज्वागल स्थित कुमार बेनको घरबाट बाहिरिएका छन् ।

वैकल्पिक शक्तिहरूसँग दिनभरि छलफल गरेका बालेन आज बिहान साढे ७ बजे नै ज्वागल आइपुगेका थिए । उनी बुधबार राति मात्रै ज्वागलबाट गएका थिए । बुधबार मात्रै २५ बढी चर्चित व्यक्तिहरूलाई भेटेका थिए ।

आज बिहानबाट उनले उज्यालो पार्टीका संरक्षक तथा सरकारका ऊर्जामन्त्री कुलमान घिसिङ, रास्वपा सभापति रवि लामिछानेदेखि जेनजी अभियन्ताहरु र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसम्म भेटेका थिए ।

अहिले ज्वागलको घरमा कलाकार र केहि जेनजी अभियन्ताहरु छन् ।

कुलमान र रवि लामिछानेसँग फेरी वार्ताको तयारी रहेपनि कहाँ र कहिले तय नगरेको उनी निकट एकले भने । ‘भोलि काठमाडौँ महानगरको नगरसभा पनि छ । हिजो पनि अबेर बस्नुभयो, आज अब के हुन्छ थाहा छैन ।


प्रतिकृया दिनुहोस्