Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मेयर बालेन र जेन-जी समूहबीच भेटवार्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १० गते


Advertisement

काठमाडौं । काठमाडौं मेयर बालेन शाह र जेन-जी अगुवाहरूबीच भेटवार्ता भएको छ। आज अपराह्न साढे ४ बजे उनीहरूबीच भेटवार्ता भइरहेको हो।

नेपाल जेनजी फ्रन्ट, जेन फोर्स लगायतका विभिन्न समूहका जेन-जी र मेयर बालेन शाहलाई ललितपुर कुपण्डोलस्थित कुमार बेनको घरमा भेटवार्ता भइरहेको छ।

रक्षा बम, पुरूषोत्तम यादव, रोहनराज दंगाल, युजन राजभण्डारी, जेम्स कार्की लगायत सहभागी छन्।

यसअघि मेयर बालेनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, अमरेश सिंह, शिशिर खनाल लगायतका नेताहरू उनलाई भेट्न पुगेका थिए। अहिले बाबुराम भट्टराई पनि उनलाई भेट्न पुगेका छन्।


प्रतिकृया दिनुहोस्