
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच फेरि भेटवार्ता हुने भएको छ ।
बिहीबार ललितपुरमा मेयर शाह निकट कुमार बेनको घरमा छलफल भएको थियो ।
रास्वपाका नेता राजीव खत्रीका अनुसार उनीहरूबिच आजै साँझसम्म फेरि भेटवार्ता हुने छ । आज छलफलपछि बाहिरिँदै लामिछानेले छलफल सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।














