Skip

Hamro Sanchar

गगनको दाबी : पूर्णबहादुर नाममात्रको कार्यवाहक, सबै शक्ति देउवामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ९ गते


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको उपसभापति पूर्णबहादुर खड्का नाममात्रको कार्यवाहक सभापति भएको बताएका छन् ।

पार्टीको बुधबार बसेको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सबै शक्ति सभापति शेरबहादुर देउवाले राखेर खड्कालाई कार्यवाहक दिएको बताएका हुन् ।

‘सभापतिले कार्यवाहक दिनु भएको छ । नाम मात्रको कार्यवाहक दिनु भयो । आजको बैठकमा आउनु भएको छैन तर, सबै शक्ति उतै (देउवाकहाँ)छ,’ थापाले भने ।

गत असोज २८ गतेको केन्द्रीय समिति बैठकको उद्घाटन गर्दै देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । भदौ २४ मा जेनजी आन्दोलनकारीको आक्रमणमा परेका देउवा दम्पतीत्यसपछि उपचारका लागि विदेश गएको थियो ।

विदेशबाट एक महिनापछि फर्किँदा पनि कांग्रेस केन्द्रीय समिति बैठक जारी नै थियो । त्यसपछि देउवा पुनस् पार्टी राजनीतिमा सक्रिय भएका थिए । अहिले अन्य राजनीतिक दलका नेतृत्व, सरकारसँगको संवाद, राष्ट्रपतिसँग छलफल गरिरहेका छन् ।


प्रतिकृया दिनुहोस्