
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि नेकपा (एमाले)ले दल दर्ता गराएको छ ।
आज निर्वाचन आयोग पुगेर एमाले निर्वाचन विभाग प्रमुख नीरज आचार्यले दल दर्ता गराएका हुन् ।
“आज दल दर्ता गराएका छौं । ६६औं नम्बरमा दर्ता भएको छ,” आचार्यले भने ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय बुधबारसम्म तोकिएको छ ।
विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमाले आजै सर्वोच्च अदालत पनि पुगेको छ ।


















