Skip

Hamro Sanchar

बिचौलियाले प्रहरी हेडक्वार्टर नै कब्जा गरे : खगेन्द्र सुनार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ४ गते


Advertisement

४ भदौ, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले गम्भीर आरोप लगाएका छन् ।

आज सार्वजनिक लेखा समितिको बैठकमा सुनारले निश्चित बिचौलियाले प्रहरी हेडक्वार्टर नै कब्जा गरेको आरोप लगाएका हुन् ।

उनले प्रहरीका स्रोत–साधन खरिदमा भएको भनिएको अनियमितताको छानबिन गर्नुपर्ने पनि बताएका छन् ।

सांसद सुनारले आफूमाथि मानमर्दनको आरोप लागे अदालतमा गएर मुद्दा हाल्न प्रहरी प्रमुख दानबहादुर कार्कीलाई चुनौती दिएका छन् ।

सार्वभौम संसदीय समितिमा आएर जुहारी खेल्न नमिल्ने सुनारको भनाइ छ ।

रास्वपा सभापति रवी लामिछानेले बुधबारको पार्टीको संसदीय दलको बैठकमा सांसदहरूलाई संयमित र मर्यादित भएर प्रस्तुत हुन निर्देशन दिएका थिए । तर आज सुनार फेरि आक्रामक देखिएकन छन् ।


प्रतिकृया दिनुहोस्