Skip

Hamro Sanchar

डेपुटी गभर्नर रावलले लिए पद तथा गोपनीयताको शपथ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ४ गते


Advertisement

४ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

गभर्नर प्रा.डा विश्वनाथ पौडेलमार्फत डेपुटी गनर्भर रावलले शपथ लिएका हुन् । योसँगै आजै उनले पदबहालीसमेत गरेका छन् ।

मन्त्रिपरिषद्को ३ भदौ २०८३ को निर्णयअनुसार रावल डेपुटी गभर्नरमा नियुक्त भएका हुन् । राष्ट्र बैंक ऐन, २०५८ अनुसार दुईजना डेपुटी गभर्नर रहने व्यवस्था रहेकामा यसअघि नै किरण पण्डित नियुक्त भइसकेका छन् ।

नवनियुक्त डेपुटी गभर्नर रावलले २ माघ २०६२ मा सहायक निर्देशकको रूपमा बैंक सेवा प्रवेश गरेका थिए । २०६९ सालमा उपनिर्देशक, २०७५ सालमा निर्देशकहुँदै १९ जेठ २०८२ मा कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए । पदोन्नतिपश्चात् उनले बैंक सुपरिवेक्षण विभागको नेतृत्व सम्हाल्दै आएका थिए ।


प्रतिकृया दिनुहोस्