४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले अख्तियार पदाधिकारीलाई प्रधानमन्त्रीले बोलाउँदैमा नजान सुझाव दिएका छन् ।
आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद सिंहले अख्तियार प्रधानमन्त्री मातहतको निकाय नभएको स्मरण गराउदै यस्तो सुझाव दिएका हुन् ।
‘कुनै मन्त्री वा प्रधानमन्त्रीले बोलाउँदैमा तपाईँहरू नजानुहोस्। यो समिति संसदीय निगरानी समिति भएकाले यहाँ आउन मिल्छ,’ उनले भने, ‘अख्तियार प्रधानमन्त्रीको मातहतको संस्था होइन। तपाईँहरूले त्यति हिम्मत त राख्नैपर्छ
सिंहले प्रधानमन्त्री वालेन्द्र शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको साख गिराउने काम गरिरहेको आरोप समेत लगाएका छन्।
प्रधानमन्त्री शाहले बोलाउँदा लिखित रुपमा माग्न उनले अख्तियारका पदाधिकारीलाई सचेत गराए।
उनले अख्तियारको मर्यादा दिनप्रतिदिन खस्किँदै गएको उल्लेख गरे। यसमा प्रधानमन्त्रीको मुख्य भूमिका रहेको औंल्याए।





























