Skip
आज : २०८२ कार्तिक २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट खण्डहरमा परिणत भएका संरचनाको निरीक्षण गर्दै नगर प्रमुख कार्की

सुदिप बर्देवा प्रकाशित : २०८२ भदौ, ३१ गते


काठमाडौं, भदौ ३१- कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले नगर क्षेत्र भित्र जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट खण्डहरमा परिणत भएका संरचनाहरुको निरीक्षण गरेका छन् । आइतबार नगर प्रमुख उपेन्द्र कार्की, उप-प्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, नगरपालिकाका ९ वटा वडाका वडा अध्यक्ष लगाएतले सयुक्त रुपना क्षेती पुगेका संरचनाहरूको निरीक्षण गरेका हुन् ।

यस क्रममा कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ९ को कार्यालय, वडा नम्बर ९ मै रहेको काडाँघारी खानेपानी सरसफाइ उपभोक्ता समितिको कार्यालय, वडा नम्बर ९ मै रहेको नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (एसपी) गोविन्द काफ्लेको निजि निवास, नेपाल प्रहरीका पुर्व डीएसपी कमलेंद्र कर्ण को निजि निवास, प्रतिनिधि सभाका तत्कालिन सांसद माधव सापकोटाको राधेराधे स्थित निजि निवास, नेपाल प्रहरीका पुर्व अधिकारी टंक शर्माको निजि निवास, कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ को कार्यालय, नगर प्रमुख उपेन्द्र कार्कीको निजि निवास, कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ को कार्यालय, वडा नम्बर ६, मुलपानीमा रहेको पाटाचौर प्रहरी चौकी तथा थली स्थित प्रहरी चौकीको निरीक्षण गरिएको छ ।

सामाजिक सन्जाल माथि लागाईएको प्रतिवन्ध फुकुवा, भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध जेनाजी पुस्ताले सेप्टेम्बर ८ अर्थात् २३ भदौबाट सुरु गरेको संघर्षमाथी प्रहरीले गरेको बर्बरतापूर्ण दमनमा गरी १९ जना युवाको हत्या गरेपछि २४ गते देशभर आन्दोलन चर्केको थियो । सो क्रममा देशभरका प्रहरी कार्यालयहरु, सार्वजनिक सम्पति र संरचना, निजि सम्पतिहरु र सवारीसाधनमा तोडफोड र आगजनी गरिएको थियो ।

यस क्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ को कार्यालय पूर्णरुपमा जलेर ध्वस्त भएको छ । वडा नम्बर ९ मै रहेको काडाँघारी खानेपानी सरसफाइ उपभोक्ता समितिको कार्यालयमा आगजनी तथा तोडफोड भएको छ ।

यस्तै वडा नम्बर ९ मै रहेको नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (एसपी) गोविन्द काफ्लेको निजि निवास र सवारीसाधनमा आगजनी भएको छ । नेपाल प्रहरीका पुर्व डीएसपी कमलेंद्र कर्ण को निजि निवासमा तोडफोड र लुटपाट भएको छ । एकपा माओवादी केन्द्रका नेता,  प्रतिनिधि सभाका तत्कालिन सांसद माधव सापकोटाको राधेराधे स्थित निजि निवास तोडफोड तथा आगजनी भएको छ ।

नेपाल प्रहरीका पुर्व अधिकारी टंक शर्माको निजि निवासमा तोडफोड भएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ को कार्यालय जलेर  पूर्णरुपमा ध्वस्त भएको छ । नगर प्रमुख उपेन्द्र कार्कीको निजि निवास, सवारीसाधनमा तोडफोड तथा आगजनी भएको छ । यस्तै कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ को कार्यालयमा तोडफोड तथा आगजनी भएको छ ।

वडा नम्बर ६, मुलपानीचौरमा  रहेको पाटाचौर प्रहरी चौकी आगजनीबाट जलेर पूर्णरुपमा ध्वस्त भएको छ भने कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ थली चोकमा रहेको प्रहरी चौकी समेत आगजनीबाट जलेर पूर्णरुपमा ध्वस्त भएको छ । यस्तै नगरपालिकाको भावनामा तोडफोडबाट झ्याल धोकाका सिसाहरु फुटेर आंसिक क्षेती पुगेको छ । यस्तै नगरपालिकाको वडा नम्बर ४,३,२ र १ मा तोडफोडबाट आंसिक क्षेती पुगेको छ ।

निरीक्षण पछि नगरपालिकाको कार्यपालिका बैठकले २०८२ भाद्र २३ गते Gen-Z पुस्ताले गरेको प्रदर्शनमा आफ्नो जीवन साहदत प्राप्त गर्नुभएका युवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सुशासन सहित सुधारको लागि उठाईएका एजेन्डा कार्यान्वयनमा नगरपालिकाको निरन्तरको प्रयास भईरहेको र थप सुधारका साथ अघि वढ्ने निर्णय गरेको छ।

यस्तै भाद्र २४ गते देशव्यापी रुपमा भएको ध्वंसात्मक गतिविधिको घोर भत्सर्ना गर्दै कागेश्वरी मनोहरा नगरपालिकाभित्र नगरपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य केन्द्र, खानेपानी आयोजनाको कार्यालय, प्रहरी चौकी / विट र नगर प्रमुख लगायत व्यक्तिगत बसोबास भएका निजी घर सम्पत्ति तोडफोड गर्ने, आगजनी गर्ने, चोरी गर्ने अराजक व्यक्ति, समूहलाई कानून बमोजिम कारवाही गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको छ ।

देशव्यापी रुपमा भएको ध्वंसात्मक गतिविधिको सिलसिलामा कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गतका पूर्ण क्षति भएका वडा नं. ७ र ९ को वडा कार्यालय र आंशिक क्षति भएका अन्य वडा कार्यालय र स्वास्थ्य केन्द्रको क्षतिको लगत तयार गरी तत्काल सेवा सुचारु गर्नुका साथै क्षतिको लगत संकलन गर्ने कार्य अघि बढाउन पुर्वाधार शाखाका प्रमुखको संयोजकत्वमा सम्वन्धित शाखाका शाखा प्रमुख सदस्य रहने गरी समिति गठन गर्ने र उक्त समितिले ३ दिन भित्र प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ ।

नगरपालिकाभित्रको शान्ति सुरक्षाको अवस्थालाई विश्वसनीय, भरपर्दो र नागरिकलाई विश्वासयोग्य बनाउन टोलबासी, वडाबासीलाई सक्रिय सहभागिताको लागि आव्हान गर्ने र सुरक्षा निकायलाई तत् तत् स्थानमा अविलम्ब पुनस्थापना गरी आवश्यक पर्ने स्रोत साधनमा नगरपालिकाबाट पनि सहयोग गर्ने र नियमित परिचालन गर्ने लगाएत निर्णय गरेको छ ।

 


प्रतिकृया दिनुहोस्