Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

निजी विद्यालय संचालकद्वारा भोलिको विद्यालय बन्द फिर्ता

यस अघि १८ भदौमा विद्यालय बन्द गर्ने घोषणा गरेका थिए

सुदिप बर्देवा  प्रकाशित : २०८२ भदौ, १७ गते


Advertisement

काठमाडौं, भदौ १७ – विद्यालय शिक्षा विधेयकका केहि प्रावधानहरु आफु अनुकुल नभएको भन्दै बिरोध गर्दै आएका उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) र प्रि स्कुलहरुको छाता संगठन (अपेन) द्वारा १८ भदौका लागि तय गरिएको विद्यालय बन्दको पुर्व निर्धारित कार्यक्रम फिर्ता भएको छ ।

मंगलबार साझ निजि विद्यालय संचालन आवद्ध संघ संघठनका पदाधिकारीहरुको सयुक्त बैठकले विद्यालय बन्द गर्ने निर्णय फिर्ता लिएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष कृष्ण अधिकारीले हाम्रोसंचारलाई जानकारी दिए । यस अघि भदौ १८ गते देशभरका निजी विद्यालय बन्द गर्ने घोषणा गरेका थिए ।

उनले भने, ” हामी हाम्रा मागलाई वार्ता र संवाद बाट नै पुरा गराउन चाहान्छौ, यसकै सांकेतिक अर्थ हो विद्यालय बन्द रद्दको निर्णय । तर राज्यले हाम्रो संवेदनशीलतालाई बुझेन भने अन्ततः अहिले रद्द गरिएको कार्यक्रम गर्न बाध्य हुने छौ ।”

विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएसँगै संघर्षका नयाँ कार्यक्रम सरोकारवाला पक्षको बुधबार बस्ने बैठक तय  गर्ने छ ।

राज्यले निजी विद्यालयको घाटी निमोठ्ने काम गरेको भन्दै आफ्ना माग पुरा नहुदा सम्म निरन्तर आन्दोलनमा रहने हिसान बागमती प्रदेश अध्यक्ष भवानी प्रसाद पौडेलले बताएर । उनले हाम्रोसंचारलाई भने, ” हामी माथि राज्यले पुरै निषेध गरेर जाने योजना बनाएको छ, यो देशमा निजी विद्यालयको खाचो हिजो थियो, आज पनि छ र भोलि पनि रहने छ । हामी गर वा मारको अवस्थामा छौ, हामीले फेरिपनि निजी विद्यालयलाई जोगाउनु छ । यो आन्दोलन यसैका निम्ति हो ।”

विद्यालय शिक्षा विधेयकमा समावेश पूर्ण छात्रवृत्ति, विद्यालयमा उत्पादन नहुने सामग्री उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, विद्यालयहरूलाई ‘गैरनाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्नेलगायतका माग उनीहरूले राखेका छन्।


प्रतिकृया दिनुहोस्