Skip

Hamro Sanchar

सुनको मूल्यमा रेकर्ड, तोलाको २ लाख ३ हजार नाघ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, १५ गते


काठमाडौं । शुक्रबार प्रतितोला २ लाख नाघेको सुन आतबार थप महँगिएको छ । आज एकै दिन सुन तोलामा ३ हजार रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन २ लाख ६ सय रुपैयाँ थियो ।

उता चाँदीको मूल्यमा पनि रेकर्ड बनेको छ । आज एकै दिन चाँदी प्रतितोला ६५ रुपैयाँ बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २४२५ रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २३६० रुपैयाँमा कारोबार भएको थियो


प्रतिकृया दिनुहोस्