
काठमाडौं । भक्तपुर जिल्ला अदालतले गुण्डा नाइके चक्रे मिलनलाई धरौटीमा छोड्ने आदेश जारी गरेको छ ।
गुन्डा नाइकेको रूपमा चिनिँदै आएका चक्रे मिलनलाई जिल्ला अदालत भक्तपुरले पनि १ लाख १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
जिल्ला अदालत भक्तपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई १ लाख १० हजार धरौटीमा छाड्न आदेश दिएको छ ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार अब स्वास्थ्य परीक्षण गरेर रिहा गर्ने तयारी छ ।


















