१४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा भोलि बाढी प्रभावित क्षेत्रमा जाने भएका छन्।
कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आज आयोजित विपद् व्यवस्थापनसम्बन्धी बैठकमा थापाले बाढी प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्ने र थप राहत तथा उद्धारका लागि आवश्यक पहल गर्ने बताएका हुन् ।
उनले रसुवा, नुवाकोट धादिङ गोरखालगायतका जिल्लाका पार्टीका कार्यकर्तासँगको छलफलमा गरेका थिए।
विपद्को घडीमा सम्पूर्ण ध्यान उद्धार र राहतमा केन्द्रित गर्न सभापति थापाले निर्देशन दिएका छन्।
राहत र उद्धारमा स्थानीय सरकारलाई सक्रिय बनाउनुपर्ने र प्रधानमन्त्री राहत कोषमार्फत एकद्वार प्रणालीबाट सहयोग पुर्याउनु प्रभावकारी हुने उनको भनाइ छ।































