१४ भदौ, बेइजिङ । तिब्बतमा आएको भीषण बाढीमा १०४ नेपालीसहित ५४६ जना बेपत्ता भएका छन्।
चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार बेपत्ता हुनेमध्ये २३ देशका २६१ जना विदेशी नागरिक छन्।
बेपत्ता विदेशी नागरिकमध्ये नेपालीको संख्या सबैभन्दा बढी रहेको चिनियाँ अधिकारीहरूले जनाएका छन्।
त्यसपछि भारतका ४९, लाटभियाका ३३, अमेरिकाका १८, बेलायतका १५ तथा क्यानडा र अष्ट्रेलियाका ६–६ जना रहेका छन्।
चिनियाँ अधिकारीहरूले घटनाबारे सम्बन्धित देशका दूतावास तथा कन्सुलर सेवाहरूलाई औपचारिक जानकारी गराइसकेका छन्। विभिन्न सरकारी निकायको समन्वयमा तयार पारिएको विवरणअनुसार बाढी प्रभावित तिब्बत तथा नेपालका सीमावर्ती क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी छ































