Skip

Hamro Sanchar

नेकपा एसमा वामदेवलाई तेस्रो वरीयता, १३ जना केन्द्रीय कमिटीमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, ३० गते


काठमाडौं । नेकपा एकीकृत समाजवादीले नवप्रवेशी सम्मानित नेता वामदेव गौतमलाई तेस्रो वरीयतासहित सचिवालय सदस्य बनाएको छ।

पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा जारी एकीकृत समाजवादीको सचिवालय बैठकले गौतमसहित उनी नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानबाट आएका १३ जनालाई केन्द्रीय कमिटीमा लाने निर्णय गरेको छ।

एकीकृत समाजवादीको जारी सचिवालय बैठक।
एकीकृत समाजवादीको जारी सचिवालय बैठक।

बैठकमा सहभागी एक नेताले नेपालखबरलाई दिएको जानकारीअनुसार तीमध्ये डीबी कार्की, लोकनाथ धमला र तुलसी थापालाई पोलिटब्युरो सदस्य बनाउने निर्णय भएको छ।

उनका अनुसार उल्लिखित ४ जनासहित दुर्गादत्त भण्डारी, इमानसिंह भारती, रवीन्द्र वन, तोफा यादव, विद्याप्रसाद शर्मा, राधेश्याम गुप्ता, रामप्रसाद अधिकारी र मोहमदशेर बागवानलाई पार्टीको केन्द्रीय कमिटीमा लाने निर्णय गरिएको हो।

एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ। बैठकमा अन्य एजेन्डामा छलफल चलिरहेको छ ।


प्रतिकृया दिनुहोस्