Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भोजपुरमा एक व्यक्तिले गरे श्रीमतीसहित सासूससुरा र सालोको हत्या

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २२ गते


Advertisement

भोजपुर । भोजपुरको रामप्रसाद राई गाँउपालिकामा गएराति चार जनाको सामूहिक हत्या भएको छ। घटनामा एकजना गम्भीर घाइते भएका छन्।

रामप्रसाद राई-२ को धोद्लेखानी बोन्थिताङमा चार जनाको सामूहिक हत्या भएको अवस्थामा आइतबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ।

पारिवारिक विवादका कारण एकै परिवारका चार जनाको हत्या भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार भोजपुर नगरपालिका–२ हेलाउछ बस्ने ३० वर्षीय राजेन्द्र राईले आफ्नै ससुरालीमा गएर परिवारका चार जनालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्।

हतियार प्रहारबाट मृत्यु हुनेमा राजेन्द्रकी श्रीमती, सासु ४५ वर्षीया मञ्जु गिरि, ससुरा ६८ वर्षीय बेलबहादुर गिरि र सालो रहेका छन्। सालोको नाम खुल्न बाँकी छ।

घटनापछि आफैँले हतियार प्रयोग गर्दा राजेन्द्र राई पनि गम्भीर घाइते भएका छन्। उनलाई तत्काल उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल भोजपुर लगिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको उनले बताए। घटनाको विस्तृत विवरण संकलन भइरहेको श्रेष्ठले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्