Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एकैदिन तोलामा २९ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, १३ गते


Advertisement

काठमाडौ नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ।

बिहीबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार नौ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार सुन प्रतितोला एक लाख ९२ हजार तीन सय रूपैयाँ पुगेको थियो।

यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार चाँदी प्रतितोला दुई हजार एक सय ७५ रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला दुई हजार एक सय ६५ रूपैयाँ किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


प्रतिकृया दिनुहोस्