Hamro Sanchar

काठमाडौं महानगरपालिकाको बजेट आज नआउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, १० गते


काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट आज नआउने भएको छ ।

असार १० गतेभित्र बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था भए पनि काठमाडौंको बजेट भने आज नआउने भएको हो ।

बजेटको तयारीस्वरुप बस्नुपर्ने कार्यपालिका बैठक अझै बस्न सकेको छैन । मेयर बालेन्द्र शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको द्वन्द्व बढ्दै जाँदा यहाँको बजेट पनि अन्योलमा परेको हो ।
मेयर शाहको सचिवालयका एक सदस्यका अनुसार, बजेटबारे छलफल गर्नका लागि बैठक बोलाउनेगरी आन्तरिक तयारी भइरहेको छ ।

तर, आजका लागि भने कुनै बैठक नबोलाइएको ती सदस्यले बताए ।

गत पुस १४ गतेयता महानगरपालिकाको नगर सभा बैठक बस्न सकेको छैन । कार्यपालिका सदस्यहरूले लगातार बजेट माग गरिरहेका छन् ।


प्रतिकृया दिनुहोस्