Hamro Sanchar

बिजमान्डू र नेपाल खबरले समाचार हटाउन नपर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, ५ गते


काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बिजमान्डू र नेपाल खबरमा प्रकाशित समाचारविरुद्ध दायर गरेको निवेदन अदालतले खारेज गरिदिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्यामबिहारी मौर्यको इजलासले बिहीबार श्रेष्ठको निवेदन खारेज गरिदिएको हो ।

मौर्यको इजलासले यसअघि न्यायाधीश पिताम्बर शर्माको इजलासले समाचार हटाउन दिएको आदेश पनि बदर गरिदिएको छ ।

गत जेठ २५ गते श्रेष्ठको निवेदनमा शर्माको इजलासले समाचार हटाउन आदेश दिएपछि विभिन्न टीकाटिप्पणी भएका थिए । अदालत र प्रेसलाई परस्पर विरोधीका रूपमा प्रचार भएपछि अदालतले फास्ट ट्रयाकमा सुनुवाइ अघि बढाएको थियो ।

न्यायाधीश मौर्यको इजलासले अन्तरिम आदेशका लागि बुधबार दुवै पक्षलाई बोलाएको थियो । श्रेष्ठ पक्षलाई इजलासले बुधबार नै लिखित जवाफ अध्ययनका लागि समय दिएर बिहीबारको बहसमा भाग लिन भनेको थियो ।


प्रतिकृया दिनुहोस्