Skip

Hamro Sanchar

एमालेलाई बहुमत ल्याउन कसैले रोक्न सक्दैन : प्रधानमन्त्री ओलि

एमालेको झोले हुनुमा गर्व छ : प्रधानमन्त्री ओली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, १७ गते


सकाठमाडौं । प्रधानमन्त्री केपी ओलीले कम्युनिष्ट पार्टी दुई तिहाइमा पुर्‍याएपछि आन्दोलनभित्रबाटै हमला सुरु गरेको आरोप लगाएका छन् ।

नेपाल बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय अधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले नेकपा र एमालेभित्रको आन्तरिक किचलोलाई सम्झिँदै एमालेलाई धुलो बनाउने उद्देश्य असफल बनाएको दाबी गरे ।

उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै भने, ‘पार्टी नफुटाउञ्जेल पार्टीको भलाइका लागि उपद्रो मच्चाएका हौँ भने, एमालेको भलाइको लागि वितण्डा खडा गरेको भने, पार्टी फुटाएका थिए, एमालेलाई धुलो बनाउने, एमालेको अस्तित्व देशबाट मेटाउने हो भनेर घोषणा गरे । उनीहरूले खुलस्त नारा दिए । केपी ओलीविनाको एमाले बनाउन खोजे ।’

अध्यक्ष ओलीले नेकपाकालमा आफूलाई प्रचण्ड र माधव नेपाल समूहले साधारण सदस्यसमेत हुन नपाउने गरी हटाएको स्मरण गरे । देश बनाउन हिँडेको एमालेलाई टर्च बालेर खोज्दा पनि नभेट्ने बनाइदिन्छौं भनेर प्रतिक्रियावादीहरूले एमालेविनाको देश कल्पना गरेको भए पनि त्यो षड्यन्त्रलाई असफल बनाएको बताए ।

उनले कुनै भोट नकिनी, हत्या नगरी प्रहरी प्रशासनको दुरुपयोग नगरी सबैको घेराबन्दीबीच पनि एमालेलाई लोकप्रिय पार्टी बनाएको जिकिर गरे ।

ओलीले एमालेलाई आगामी निर्वाचनमा बहुमत ल्याउन कसैले रोक्न नसक्ने दाबी गरे । उनले एमालेले स्पष्ट बहुमत ल्याउनु नै मिसन २०८४ भएको जिकिर गरे ।

यस्तै प्रधानमन्त्री ओेलीले तथाकथित आलोचनात्मक चेत भएका भनिएकाहरुले राम्रो कुरा गर्दा पनि झोलेको आरोप लगाउने गरेको टिप्पणी गरेका छन्।

‘सोकल्ड आलोचनात्मक चेत भएका मानिसहरु तपाईंले सही आर्टिकल लेख्नु भयो भने पनि झोले हुनुभए छ भन्छन्। किनभने तपाईंले सही कुराको विरोध गर्नुभएन नि।’

२५ सय वर्षअघि प्लेटोले भनेको कुरा अहिले आएर नबुझ्नेहरू दाष भएको टिप्पणी गर्दै जनताको कुरा बोकेर हिँडेकाले आफूलाई झोले भन्दा कत्ति पनि अप्ठ्यारो नलाग्ने जिकिर गरे। ‘सही कुराको सर्मथन गर्दा झोले, मलाई अलिकति पनि अप्ठ्यारो लाग्दैन,’ ओलीले भने, ‘म जनताको कुरा बोहेर हिँड्ने मान्छे हुँ। जनताको हितको झोला बोक्ने, राष्ट्रको हितको झोला बोक्ने, राष्ट्रको इज्जतको झण्डा उठाउने झोले हुँ। के भो त म झोेले हुँ। मैले कुनै सामन्तको झोला बोकेको छैन।’

उनले थपे, ‘कुनै सामान्तको २ कौडी लिएर स्तुती गान गाएको छैन।’ आफू झोले भएकोमा गर्व गर्ने समेत प्रधानमन्त्री ओलीको भनाइ छ। ‘म नेकपा एमालेको झोले हुँ, म यस जनताको झोले हुँ,’ उने भने, ‘अब चित्त बुझ्यो प्रतिक्रिायवादीहरुलाईरु म कबुल गर्छु– झोले हुँ। झोले हुनुमा गर्व छ, तर राम्रा कुरा बोक्नुमा गर्व छ।

 


प्रतिकृया दिनुहोस्