काठमाडौं । मन्त्रिपरिषद्ले प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको निर्णयमा भनिएको छ, “२०८३ भदौ १० गते नेपाल चीन सीमा रसुवागढी एवं भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावितहरूको सहयोगार्थ सम्माननीय प्रधानमन्त्रीज्यूलगायत मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलबरपारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने ।”
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले पनि एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि दिने घोषणा गरेका थिए ।




























