१२ भदौ, काठमाडौं । बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म ४८९ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीका अनुसार यीमध्ये ३९३ जनाको शवको पहिचान हुन सकेको छैन ।
शवहरू रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी बर्दघाट सुरस्तापूर्व, पश्चिम नवलपरासीमा फेला परेका छन् ।
शवहरू शव भेटिएका जिल्लासँगै काठमाडौं, पोखरा, पाल्पा, रुपन्देही, कपिलबस्तु जिल्लामा राखिएको छ ।




























