Hamro Sanchar

कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, १५ गते


काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब वृद्धि नगरे पनि महँगी भत्ता ५ हजार बढाएको छ ।

यसअघि तीन वर्षअघि तलब बढेकोमा यस वर्ष कर्मचारीको तलब बढ्ने अपेक्षा थियो ।

तर, स्रोतको अभावका कारण तलब वृद्धि गर्न सम्भव नभएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

तर, महँगी भत्ता नै बढाएर ५ हजार पुर्‍याएको जानकारी उनले दिए


प्रतिकृया दिनुहोस्