Skip

Hamro Sanchar

एमाले नेता लालबाबुलाई पत्नीशोक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, १५ गते


विराटनगर । एमाले नेता लालबाबु पण्डितकी श्रीमती विमला महत पण्डितको निधन भएको छ । लामो समयदेखि बिरामी विमलाको आज राती निधन भएको हो ।

पण्डितले सामाजिक सञ्जालमा लेख्दै जीवन संगिनीले छाडेर गएकाले एक्लो भएको लेखेका छन् । विमला डेढ वर्षदेखि माया साइटिस भन्ने रोगबाट ग्रसित थिइन् ।

लालबाबु पण्डित र विमलाको अन्तरजातीय विवाह भएको हो । लालबाबु र विमलाका बिचमा विवाह हुँदा विमला ललितपुरको सैँवु गाविस वडा नम्बर ४ को वडाध्यक्ष थिइन् ।

लालबाबु भने पूर्णकालिन राजनीतिमा थिए । उनीहरूको विवाह पार्टीकै आयोजनामा पार्टीको केन्द्रीय कार्यालयमा भएको हो ।

यो रोगले मांसपेशीलाई कमजोर बनाउने, मासु फुटाइदिने, नसालाई कमजोर बनाउने, रोगले च्यापेको बेलामा भर्खर जन्मेको बच्चाजस्तै लल्याकलुलुक हुने समस्या गराएको थियो।

श्रीमती बिरामी भएपछि लालबाबु सार्वजनिक कार्यक्रममा एकदमै कम उपस्थित हुने गरेका थिए । उनी श्रीमती स्याहारेर बसेका थिए ।


प्रतिकृया दिनुहोस्