Skip

Hamro Sanchar

युवा संघको अध्यक्षमा क्षितिज थेबे विजयी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, १३ गते


काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन्। निवर्तमान अध्यक्षसमेत रहेका उनी पुनस् युवा संघको अध्यक्षमा निर्वाचित भएका हुन्।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनप्रक्रियामा जान नदिई थेबेलाई अध्यक्ष बनाएका थिए। यसपटक भने उनी निर्वाचन प्रक्रियाबाट निर्वाचित भए।

पोखरामा जारी अधिवेशनमा थेबेले प्रतिस्पर्धी सुमन पुरीलाई पराजित गरे। निर्वाचनमा १४०४ मत खसेको थियो। थेबेले १८८ मतले सुमन पुरीलाई पछाडि पारे। निर्वाचनमा थेबेको प्यानल नै निर्वाचित भएका छन्। यद्यपि, निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकी छ।

निर्वाचित हुने थेबेलाई एमाले उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णु पौडेलको साथ थियो भने पुरीलाई महासचिव शंकर पोखरेलको साथ थियो ।


प्रतिकृया दिनुहोस्