Skip

Hamro Sanchar

विश्व पौडेललाई गभर्नर बनाउन ओली-देउवा सहमत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, ६ गते


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रा.डा.विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउने सहमति जुटेको छ ।

आज बालुवाटारमा भएको छलफलमा पौडेललाई गभर्नर बनाउने सहमति भएका हुन् ।

“गभर्नर कुन पार्टीले पाउने भन्नेमा समस्या थिएन । कांग्रेसले पाउने सहमति भए पनि फरक–फरक नाम आएको थियो,” प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, “सम्भवतः आजै गभर्नर नियुक्ति हुन्छ ।”

मन्त्रिपरिषद्को बैठक मंगलबार साँझ ५ बजेका लागि बोलाइएको छ । त्यसअघि सिफारिस समितिको बैठक बस्नेछ।


प्रतिकृया दिनुहोस्