Skip

Hamro Sanchar

जनमत पार्टी र नागरिक उन्मुक्तिले वैशाख १७ मा एकता घोषणा गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, ११ गते


काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले वैशाख १७ गते एकता घोषणा गर्ने तयारी गरेका छन् । जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले एकता घोषणाको तयारी भएको जनाएको हो ।

“धेरै पार्टीरशक्तिहरूको अहिले निद्रा उडेको छ । किनकि आन्दोलन र जनताको बीचबाट आएको, जनताको पक्षमा काम गर्ने, एउटा नयाँ शक्तिशाली पार्टी नेपालमा उदय हुने क्रममा छ । नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदै छ,” सचिवालयले भनेको छ।

परिवारमा झगडा लगाउनेदेखि आफूलाई ज्यान मार्ने र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पुनः पक्राउ गर्ने धम्की आएको राउतको सचिवालयको दाबी छ ।

आफूहरू नआत्तिएको र जनताको आकांक्षानुसार एकता गरी छाड्ने राउतको सचिवालयको भनाइ छ


प्रतिकृया दिनुहोस्