Skip
आज : २०८३ कार्तिक २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रसुवा बाढी कहर : र ३८४ भन्दा बढी पर्यटक सम्पर्कविहीन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १० गते


Advertisement

१० भदौ, काठमाडौं । रसुवा बाढीका कारण आधा दर्जन देशका ३८४ भन्दा बढी पर्यटक सम्पर्कविहीन भएका छन्।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराइएको तथ्यांक अनुसार भारत, अस्ट्रेलिया, नेदरल्यान्ड्स, अमेरिका, मलेसिया, बेलाय, दक्षिण अफ्रिका, नेपाल लगायत देशका ३८४ पर्यटन सम्पर्कविहीन रहेका छन्।

जसमा विदेशी पयर्टन २९१ र नेपाली नागरिक ९३ जना रहेका छन्।

पयर्टन बोर्डका प्रवक्ता सुनिल शर्माले पर्यटन व्यवसायीहरुले उपलब्ध गराएको पछिल्लो डाटा अनुसारको यो संख्या भएको बताए।

सम्पर्कविहीन हुनेमा भारतका १०५ जना, बेलायतका १२ जना, दक्षिण अफ्रिकाका ४, मलेसियाका १७, अमेरिकाका ३ जना तथा अस्ट्रेलिया र नेदरल्यान्ड्सका १र१ जना छन्।

१११ जनाको भने देश खुलेको छैन। त्यसैगरी ३७ जना एनआरआईका छन् ।


प्रतिकृया दिनुहोस्