Skip

Hamro Sanchar

काश्मिर आतंकवादी हमलामा मारिएका सुदिपको शव घर ल्याइयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, ११ गते


रुपन्देही । भारतको काश्मिरमा भएको आतंकवादीको आक्रमणमा मृत्यु भएका बुटवलका सुदिप न्यौपानेको शव बुटवलस्थित घरमा ल्याइएको छ।

आमा बहिनी र ज्वाइँसहित घुमघामका लागि काश्मिर गएका बुटवलका युवा सुदिप न्यौपानेको मङ्गलवार हमलामा ज्यान गएको थियो । आतंककारीहरूले पर्यटकलाई लक्षित गर्दै गरिएको हमलामा उनी पनि मारिएका हुन्।

सुदिपको पार्थिव शरीर आज बिहान सुनौली नाका हुँदै बुटवल कालिकानगर घरमा ल्याइएको हो। परिवार स्रोतका अनुसार पार्थिव शरीर आजै अन्त्येष्टि गरिने छ। आजै उनको त्रिवेणीमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ। अहिले उनको घरमा सबै आफन्त जम्मा भएका छन् ।


प्रतिकृया दिनुहोस्