
काठमाडौं । सूचना, संचार तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले शिक्षामन्त्रीले राजीनामा दिएको कुरा सरकारको जानकारीमा नरहेको बताएका छन्।
बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दैै उनले राजीनामाबारे मन्त्रिपरिषद्को बैठकदेखि प्रधानमन्त्री कार्यालयसम्म चर्चा नभएको उल्लेख गरे।
‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीज्यूले राजीनामा दिएको भन्ने कुरा सरकारको जानकारीमा छैन,’ गुरुङले भने, ‘प्रधानमन्त्री कार्यालयमा दिएको भए सरकारका प्रवक्तालाई थाहा हुन्छ। क्याबिनेटको बैठकमा जानकारी हुन्छ। राजीनामा स्वीकृत गर्ने त प्रधानमन्त्रीले नै हो। आजका दिनसम्म उहाँले राजीनामा दिएको जानकारी छैन ।


















