Hamro Sanchar

सुनको मूल्य तोलाकै २ लाख नजिक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, ४ गते


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि उकालो लागेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

बुधबार प्रतितोला एक लाख ८७ हजारमा कारोबार भएको सुन आज तोलामा ३ हजार ६ सयले बढेर एक लाख ९० हजार ६सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य तोलाको एक हजार ९ सय ६० कायम भएको छ ।

अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको हो ।


प्रतिकृया दिनुहोस्