Hamro Sanchar

सुनको मूल्यमा आज फेरि नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, ३ गते


काठमाडौं । अघिल्लो दिन तोलामा १ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ बुधबार फेरि बढेको छ । आज एकैदिन सुनको भाउ तोलामा २ हजार ७ सय बढेको हो ।

यो मूल्यवृद्धिपछि फेरि सुनको भाउमा नयाँ रेकर्ड बनेको छ । प्रतितोला १ लाख ८७ हजार रुपैयाँ मूल्य पुगेको छ । यसअघि सोमबार प्रतितोला १ लाख ८६ हजारको उच्चतम रेकर्ड थियो।

अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा पनि प्रभाव परेको हो । चाँदी तोलामा १० रुपैयाँ बढेको छ । प्रतितोला १ हजार ९५५ रुपैयाँ आजका लागि मूल्य तय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रतिकृया दिनुहोस्