Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुनको मुल्य अहिलेसम्मकै उच्च : तोलाको १ लाख ८० हजार नाघ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २० गते


Advertisement

काठमाडौं । सुनले आज फेरि अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ।

यसअघि कायम उच्च मूल्यको रेकर्डलाई माथ गर्दै सुन आज फेरि अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो।

सुनको मूल्य आज प्रतितोला १२ सय रुपैयाँ बढेर एक लाख ८० हजार तीनसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चार दिनसम्म लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्य हिजो प्रतितोला ६ सय रुपैयाँ घटेको थियो।।

हिजो सुनको मूल्य एक लाख ७९ हजार एकसय रुपैयाँ थियो। बुधबार सुनको मूल्य प्रतितोला एक लाख ७९ हजार सातसय रुपैयाँ पुगेको थियो। यो मूल्यलाई माथ गर्दै सुन आज फेरि अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो।

आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार नौसय ९५ रुपैयाँमा झरेको हो। हिजो चाँदीको मूल्य प्रतितोला दुई हजार २० रुपैयाँ थियो।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि उच्च बनेको हो ।


प्रतिकृया दिनुहोस्