Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आज फेरि सुनको मूल्यमा ‘रेकर्ड ब्रेक’ : कतिमा हुँदैछ कारोबार ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १८ गते


Advertisement

काठमाडौं । आज पनि सुनको भाउले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ। विगत चार दिनदेखि सुनको मूल्यले लगातार उच्च मूल्यको रेकर्ड कायम गर्दै आएको छ।

प्रतितोला १८ सय रुपैयाँ बढेर सुनको भाउ आज अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला एक लाख ७९ हजार सातसय रुपैयाँ पुगेको छ।

हिजो सुनको मूल्य प्रतितोला एक लाख ७७ हजार नौसय रुपैयाँ थियो। गएको आइतबार र शुक्रबार पनि सुनको भाउ बढेको थियो।

आज चाँदीको मूल्य भने स्थिर छ। आज पनि चाँदीको मूल्य प्रतितोला दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि उच्च बनेको हो ।


प्रतिकृया दिनुहोस्