Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कान्तिपुर मिडिया र अन्नपूर्णकाे कार्यालयमा तोडफोड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १४ गते


Advertisement

काठमाडौं । काठमाडौँको तीनकुनेमा उग्रह प्रदर्शन गरेका राजावादीहरूले सञ्चागृह पनि तोडफोड गरेका छन्।

प्रदर्शनकारीले तीनकुनेस्थित कान्तिपुर मिडियाको कार्यालय र अन्नपूर्ण मिडिया नेटवर्कको कार्यालयमा तोडफोड गरेका हुन्।

उनीहरूले अन्नपूर्णको कार्यालयको पहिलो तलामा आगजनीसमेत गरेको अन्नपूर्ण नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले जानकारी दिए।

प्रदर्शनकारीले कार्यालयमा आगजनी गरेपछि सुरक्षा गार्डहरूले निभाएको उनको भनाइ छ। त्यसअघि प्रदर्शनकारीले अन्नपूर्ण पोस्ट्को कार्यालयमा ढुंगामुढा गरेका थिए। प्रदर्शनकारीको ढुंगामुढाबाट कार्यालयमा क्षतिसमेत पुगेको उनले बताए।

त्यस्तै कान्तिपुरको कार्यालयको चौथो तलासम्म ढुंगामुढा प्रहार गरी सीसाको झ्याल फुटाएका छन्। कान्तिपुरका सञ्चारकर्मीका अनुसार ३ बजे आसपास प्रदर्शनकारीले पेप्सीका बोतल, ढुंगामुढा प्रहार गरेका थिए ।


प्रतिकृया दिनुहोस्