Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दलहरूबीच सहमति नजुटेपछि आजपनि संसद् बैठक स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १४ गते


Advertisement

काठमाडौं । विपक्षी दलसँग सभामुख देवराज घिमिरेले गरेको छलफलमा सहमति नजुटेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ।

संसद् सचिवालयका अनुसार अबको बैठक चैत १७ गते ११ बजेसम्मका लागि स्थगित भएको हो।

विपक्षी दलले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै सदन अवरोध गर्दै आइरहेको छ।

सरकारले सोमबार कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो।

लगातार सदन अवरुद्ध भएपछि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकसँग लगातार छलफल गर्दै आइरहेका छन् ।


प्रतिकृया दिनुहोस्