Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्राधिकरणमा कुलमानभन्दा योग्य मान्छे ल्याएका छौं : ऊर्जामन्त्री खड्का

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १३ गते


Advertisement

काठमाडौं । ऊर्जामन्त्री दिपक खड्काले विद्युत प्राधिकरणबाट कुलमान घिसिङ भन्दा योग्य मान्छे ल्याएको दाबी गरेका छन्।

कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गर्ने सरकारको निर्णयको चर्को आलोचना भइरहेको बेलामा संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उर्जामन्त्री खड्काले यस्तो दाबी गरेका हुन्।

कुलमानलाई हटाएर हितेन्द्रदेवलाई नियुक्त गर्ने निर्णयमा जनताको व्यापक आक्रोश छ नि भन्ने जिज्ञासामा उनले भने, ‘त्यस्तो त मलाई लाग्दैन। उहाँभन्दा योग्य मान्छे राखेका छौं। जे भएपनि न्याय भएको छ।’

ऊर्जामन्त्री खड्काको प्रस्तावमा सरकारले कुलमानलाई हटाउने निर्णयपछि सदनदेखि सडकसम्म चर्को आलोचना भइरहेको छ। विपक्षी दलहरुले यही बिषयमा प्रधानमन्त्री केपी ओलीको जवाफ माग्दै संसद अवरोध जारी राखेका छन् ।


प्रतिकृया दिनुहोस्