Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विश्वप्रकाश भन्छन् : कुलमानलाई हटाउने र प्रधानमन्त्रीको जवाफ माग्ने दुवै गलत हुन्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १३ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले कुलमान घिसिङलाई हटाउनु र हटाएको विषयलाई लिएर संसद् अवरोध गर्नु गलत भएको बताएका छन्।

आज संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शर्माले कुलमानलाई हटाउनु र हटाएको विषयलाई लिएर प्रधानमन्त्रीको जवाफ माग्नु गलत भएको बताएका हुन्।

सरकारले गरेको हरेक निर्णयको जवाफ प्रधानमन्त्रीले सदनमा आएर दिनुपर्ने नजिर बसाउन नहुने उनले बताए।

सरकारले गरेको हरेक निर्णयको जवाफ प्रधानमन्त्रीले सदनमा दिनुपर्ने नजिर बसाउन हुँदैन,उनले भने।
कांग्रेसका अर्का महामन्त्री गगनकुमार थापा र आफूले पदाधिकारी बैठकमा, प्रधानमन्त्रीसँग, मन्त्रीसँग कुलमानलाई हटाउन नहुने सुझाव दिएको दाबी पनि गरे।

उनले केही महिनामात्रै पदावधि बाँकी रहेका समयमा कुलमानलाई हटाउने निर्णयले सकारात्मक सन्देश जान नसकेको बताए ।


प्रतिकृया दिनुहोस्